पाल्पाबाट पासोमा परेको वयस्क चितुवाको उद्दार

तानसेन। पाल्पामा पासोमा परेको चितुवालाई उद्धार गरिएको छ ।

तानसेन नगरपालिका वडा नं. ८ जरेपिपल नजिकै पासोमा परेको चितुवालाई डिभिजन वन कार्यालय पाल्पाका निमित्त डिभिजनल वन अधिकृत संयोग बस्नेतको कमाण्डमा खटिएको टोलिले उद्दार गरिएको हो ।

जरेपिपलदेखि करिव ५०० मिटर माथि खोल्सिमा पासोमा अल्झिएको अवस्थामा रहेको वयस्क चितुवाको सुरक्षित उद्दार गरी रुपन्देहीको शंकरनगरको बाटिकामा लगेर छाडिने डिभिजन वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलले बताए ।

चितुवाको स्वास्थ्य अवस्था सामान्य रहेको घटनास्थलबाट फलामको एक थान पासोसमेत बरामद भएको छ ।

चितुवा उद्दारका लागि डिभिजन वन कार्यालयका कर्मचारीसहित प्रहरी चौकी प्रभास तानसेन–८ का वडाध्यक्ष रामप्रसाद घिमिरे तथा स्थानीयले सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया