पाल्पामा एक वर्षमा ७० मानवअधिकार उल्लङ्घनका घटना

पाल्पा। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले पाल्पामा एक वर्षको अवधिमा ७० ओटा मानवअधिकार उल्लङ्घनका घटना सार्वजनिक गरेको छ ।
इन्सेक पाल्पाका अनुसार सन् २०२१ को जनवरीदेखि हालसम्म जिल्लामा भएका मानव अधिकार उल्लङ्घन घटनाहरुमा बलात्कारका १४, यौन दुव्र्यवहारका १ वटा, हत्या दुई वटा र घरेलु हिंसाका ५० गरी कुल ७० वटा रहेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षामा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले मानवअधिकार उल्लङ्घनका घटना आगामी दिनमा न्युनीकरण हुने गरी काम गर्ने बताए । उनले मानवअधिकार सुनिश्चित गर्ने विषयमा विषयगत कार्यालयका प्रमुख तथा सरोकारवाला निकायसँग छलफल गरी जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा कमी ल्याउन सचेतना कार्यक्रम आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले समुदायमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिकको सम्वन्ध सुमधुर हुनुपर्ने बताए । उनले मानवअधिकार विषयमा पछिल्ला वर्षमा प्रहरी सचेत रहेको बताए । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले संविधानमा व्यवस्था गरिएका मौलिक हकहरुको कार्यान्वयनको अवस्था कमजोर हुँदा नागरिकका आधारभूत आवश्यकता पुरा गर्न समस्या रहेको भएको बताए ।

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार लगायतका अधिकारहरु नागरिकले सहज पहुँच विस्तार हुन नसकेको उनले बताए । यस्तै मानवअधिकार रक्षक सञ्जाल पाल्पाका संयोजक भगवान भण्डारीले नागरिकले आधारभूत आवश्यकता पूर्ति कुनै समस्या भए त्यो मानवअधिकार उल्लङ्घटन हुने बताए ।

नागरिकका आधारभूत आवश्यकता प्राप्तिलाई सहज रुपले पाउने वातावरण सिर्जना गर्नुपर्ने भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया