
तानसेन। पाल्पाको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले बगनासकाली गाउँपालिकाभित्र कोरोना संक्रमणको उच्च जोखिमबाट सुरक्षित रहन सचेतना अभियान थालेको छ ।
सहकारीले गाउँपालिकाभित्रका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा सहकारीका पदाधिकारीलाई कोरोनाबाट सुरक्षित रहन सचेतना अभियान सञ्चालन गरेको हो ।
कोरोना भाइरसका नयाँ नयाँ स्वरुप देखिएका बेला सहकारीले साताव्यापी अभियान गरी नागरिकलाई कोरोना सँक्रमणबाट जोगाउन अभियान सञ्चालन गरेको सहकारीका अध्यक्ष कृष्ण भूषालले बताए। कोरोनाको पहिलो र दा्स्रो लहरमा बगनासकाली गाउँपालिका पाल्पामा उच्च जोखिम रही धेरैले ज्यान गुमाउन परेको थियो ।
सोही कुरालाई ध्यानमा राखेर संक्रमणबाट जोखिन सचेना तथा जोखिम न्यूनीकरण सम्वन्धि अभियान नै सञ्चालन गरिएको सहकारीका अध्यक्ष भूषालले बताए । यो गाउँपालिकाभित्र ४३ जनाले कोरोना संक्रमणले ज्यान गुमाएका थियो ।
स्वास्थ्य कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख विश्वमणि न्यौपानले कोभिड १९ को नयाँ स्वरुप, कोरोना भाइरस सर्ने तरिका, त्यसको लक्षण तथा त्यस रोगबाट जोगिने तरिका सम्वन्धि सचेतना गरिएको बताए ।
यस्तै सचेना कार्यक्रममा खोप लगाए पनि मास्क, सेनिटाइजर तथा साबुनपानीले हात सफा गर्ने, सामाजिक दुरी पालना गर्नलाई अनिवार्य गर्दा कोरोना सक्रमण फैलिन नपाउने प्रमुख न्यौपानेले बताए ।
सहकारीका सचिव कमल तिमिल्सेनाले गाउँपालिकाभित्रका स्वास्थ्य चौकीहरुमा आवश्यक पर्ने कोरोना परीक्षण साम्रगी वितरण गरिएको बताए ।
यस्तै सहकारीले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थालाई कोरोना परीक्षणलाई प्रभावकारी बनाउन स्वास्थ्य साम्रगी वितरण समेत गरेको छ । कोरोना संक्रमणको उच्च जोखिमबाट जोगिन स्वास्थ्य साम्रगी तथा अक्सिजन लगायतका साम्रगी वितरण गरिएको सचिव तिमिल्सेनाले बताए ।