जथाभावी गुजुल्टेका तारले नगरकाे सुन्दरतामा ह्रास

तानसेन। पर्यटकीय नगर तानसेनमा अव्यस्थित रुपमा राखिएका विजुलीका पोलहरुका तारले शहरको सुर्दतामा नै ह्रास ल्याउको छ ।

पछिल्लो समय भएको संचार क्षेत्रको विकाससंगै थपिएको इन्टरनेट र विभिन्न केवल टिभीका तारको व्यवस्थापन हुन नसक्दा शहरको स्वरुपमा ह्रँस आएको हो ।

सुन्दर नगरीको पहिचान बनाएको सास्कृतिक शहर शहर तानसेनमा असरल्ल रुपमा रहेका तारका गुजुल्टाले सुन्दरतामा ह्रास त ल्याएको छ नै आगलागी र अन्य दुर्घटनाको जोखिम समेत बढेको स्थानीयले बताएका छन् । खासगरी विद्युत प्राधिकरणका पोलहरुमा अन्य संस्थाहरुले समन्वय नै नगरी जथाभावी रुपमा तार टाग्ने गरेका कारण पनि समस्या बढेको पाइएको छ ।

सेवा दिने नाममा भएका अव्यवस्थित तारको रखाइलाई हटाउनु पर्ने स्थानीयको माग रहेको छ । स्थानीय सरकार तानसेन नगरपालिकाले पनि तारलाई व्यवस्थापन गर्नका लागि पहल गरेको जनाएको छ ।

तर स्थानीय सरकार एक्लैले यसको व्यवस्थापन गर्न नसकेको हुँदा प्रदेश र संघीय सरकारसंग पनि समन्वय भइरहेको नगर प्रमुख अशोक कुमार शाहीले बताए । धेरै क्षेत्रबाट तार वयवस्थापन गर्नका लागि सुझाव आएको सम्बन्धित संस्थासंगको छलफल भइरहेको नगर प्रमुख शाहीले बताए ।

विजुलीका पोलमा रहेको तार व्यवस्थापन गर्न नसक्दा नगरका सौर्दयकरणमा समेत चूनौती थपिएको हुँदा व्यापार र पर्यटकको आवागमनमा समेत समस्या देखिएको हुँदा सकेसमम छिटो यसलाई व्यवस्थापन गर्नुपर्ने नगरबासीको भनाई छ ।

तपाईको प्रतिक्रिया