एमाले पूर्वसांसद रायमाझीसहितका नेताहरु एकीकृत समाजवादीमा

तानसेन। नेपाल कम्युनिष्ट पार्टी(एमाले)का प्रभावशाली नेताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरु समाजवादीमा प्रवेश गरेका हुन् ।

एमालेको केन्द्रीय सल्लाहकार परिषद सदस्यसमेत रहेका रायमाझीले पत्रकार सम्मेलन गरेर एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बरालसहितका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी दिए ।

नेता रायमाझीले नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान अनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारण विपरित सञ्चालन गरेकोले एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टी रोजेको रायमाझीले बताए ।

उनले एमालेभित्र अलोकतान्त्रिक र तानाशाही प्रवृत्तिको अभ्यास भईरहेको हुँदा आफूहरुले नयाँ बाटो रोजेको बताए । बहुदलीय जनवादले पार्टीभित्र र पार्टीबाहिरको लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरेपनि एमालेभित्र आन्तरिक लोकतन्त्र सकिएको रायमाझीको भनाई छ ।

‘मैले एमालेभित्र बसेर ४१ वर्षदेखि काम गर्दै आएको छु सांसद् रायमाझीले भने अहिले पार्टीभित्र देखिएको समस्या समाधानका लागि प्रयास पनि गरेको हो, तर ओली प्रवृत्तिलाई सुधार्न सकिएन ।’

नेता रायमाझीले एमालेमा आन्तरिक लोकतन्त्रको ढोका नै बन्द गरेकाले विद्रोह गर्नुपरेको बताए । रायमाझीसहितका नेताहरूलाई नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेय, लुम्बिनी प्रदेश कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती,लगायतका नेताहरुले स्वागत गरेका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको