तानसेन। लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री अजय शाहीले प्रदेश सरकारले कोरोनाले थलिएका व्यवसायीलाई राहतको व्यवस्था गरेको बताए ।

उनले प्रदेश सरकारले उद्योगीका लागि राहत स्वरुपमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए ।

ग्यास विक्रेता महासंघ लुम्बिनी प्रदेशको पहिलो साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शाहीले प्रदेश सरकार सधै उद्योगी र व्यापारीका पक्षमा काम गर्ने बताउदै साना तथा घरेलु उद्यमीलाई दश लाखबाट २० लाखसम्म ऋण दिने तथा नयाँ उद्योग दर्ताका लागि शतप्रतिशत छुट दिने व्यवस्था प्रदेश सरकारले गरेको बताए ।

मन्त्री शाहीले तीन वटा मन्त्रालयबाट अहिले फरक मन्त्रालय भएको हुँदा आफू मन्त्री भएकै समयमा नयाँ काम र नयाँपन देखाउने प्रतिवद्धता समते व्यक्त गरे ।

मन्त्री शाहीले व्यापारीका पनि समस्या धेरै रहेको र उपभोक्तालाई पर्न गएको समस्या समाधानका लागि सरकार सधै साथमा रहेको बताए । प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवधन गर्दै आर्थिक समृद्धिका लागि व्यापारीहरुसंग सहकार्य गर्ने पनि मन्त्री शाहीको भनाई छ ।

तपाईको प्रतिक्रिया