तानसेन।आइतबार बिहान पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी १२ जना घाइते भएका छन् । बुटवलदेखि शव बोकेर रिडीतर्फ जादै गरेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको हो ।

करिब ३५ जना मलामी सवार रहेको उक्त बसमा रहेका अन्य घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

घाइतेहरुलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ ।

अहिले सुरक्षा निकाय र स्थानीयको पहलमा उद्दार कार्य भएको हुँदा मृतकको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया