पाल्पामा जीप दुर्घटना, दुई जना गम्भीरसहित ५ जना घाइते

तानसेन। पाल्पामा जीप दुर्घटना दुई पाचँ जना घाइते भएका छन् । आज विहान पूर्वखोला गाउँपालिका वडा नं. ६ को लाकुरीस्थित हेक्लाङ्गदेखि तानसेनतर्फ आउदै गरेको लु १ ज २६०७ नम्बरको जीप अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप सडकदेखि करिब एक सय ५० मिटर तल खसेपछि दुईजना गम्भीरसहित ५ जना भाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

घाइते हुनेमा पूर्वखोला गाउापालिका वडा नं. ६ का ३० वर्षीय टेकबहादुर पल्ली, सोही स्थानका २८ वर्षीय पुर्ण बहादुर फाल, १९ वर्षीय चिरन्जीवी सारु, २९ वर्षीय प्रेम सिंजाली र ४६ वर्षीय पबीसरा सारु रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालका उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । हिजो पनि पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जना मलामीले घटनास्थल मै ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया