कोरोनाको तेस्रो लहर सुरु हुँदा पाल्पामा जारी भयो पहिलो आदेश

तानसेन। कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले संक्रमण न्यूनिकरणका आदेश जारी गरेको छ । स्थानीय प्रशासनले संक्रमण न्यूकिरणका लागि मानविय गतिविधिमा रोक लगाई मेला महोत्सव तथा माघे संकन्तीका गतिविधिमा समेत रोक लगाएको हो ।

जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आज राती १२ः०० बजेदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्म जिल्लामा मेला महोत्सव, प्रशासनिक तथा सांस्कृतिक कार्यक्रम, जात्रा, भेला, जुलुस र्‍याली जस्ता भिडभाड हुने गतिविधि गर्न रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

हाल जिल्लामा पनि लक्षणसहितका बिरामीहरु बढेको हुँदा मानविय गतिविधि नर्गन तथा सबै स्थानीय तहमार्फत एन्टिजेन परीक्षण गर्न समेत निर्णय एको प्रजिअ पन्तले बताए ।

यस्तै विद्यायल बन्द गर्ने तथा आइसोलेशन, क्वारेन्टाइनहरुलाई तयारी अवस्थामा राख्ने निर्णय पनि स्थानीय प्रशासनले गरेको छ ।

बैठकबाट भएका निर्णयहरु यसप्रकार रहेका छन् :

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer