कुनसरेकी वृद्ध महिलाको हत्यामा संलग्न तीन पुरुष पक्राउ!

तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले ६५ वर्षीया वृद्धाको हत्यामा संलग्न तीन जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नं.६, कुनसरेका ४२ वर्षीय कमलबहादुर घर्ती थापा, सोही स्थानका २७ वर्षीय सुनिल परियार र २० वर्षीय हरिबहादुर सुनार रहेका छन् ।

तानसेन नगरपालिका वडा नं.६ स्थित कुनसरेकी सरस्वती घर्ती गत पुस २३ गते राति घर नजिकै मृत अवस्थामा फेला परेपछि घटनाबारे छानबिन गर्दा निजहरु घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैंयाका अनुसार रातको समयमा वृद्ध महिलालाई धारिलो हतियार प्रयोग गरी हत्या गरी तीनै जनाले बोकेर नजिकैको जङ्गलमा लगेर फालेको प्रमाण फेला परेको हुँदा तीन जना अभियुक्तलाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएका अभियुक्तमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया