बुद्धजयन्ती अगाडि नै गौतमबुद्ध विमानस्थल संचालनः मन्त्री आले

बुटवल। संस्कृति पर्यटन तथा नागरीक मन्त्री प्रेम आलेले बुद्धजयन्तीभन्दा अगाडि कुनैपनि हालतमा गौतमबुद्ध विमानस्थल संचालन गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका छन् ।

मन्त्री आलेले शनिबार गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी लिंदै छिटो छरितो काम गरेर बुद्ध जयन्तीभन्दा अगाडि संचालन गर्ने र बुद्धजयन्तीमा विदेशी पाहुनाहरुलाई ठुलाठुला विमान चार्टर गरेर आउने वतावरण मिलाउने तयारी सरकारले गरिरहेको बताए ।

मन्त्री ओलेले विश्वको ध्यान गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा रहेको पनि बताए । उनले एरो थाइलाई सरकारबाट आएका प्राविधिकले आफुहरुले गरेको प्राविधिक चेकजाचबारे जानाकारी गराएका थिए ।

मन्त्री आलेले रातदिन नभनेर काम गर्न र छिटोभन्दा छिटो क्यालिव्रेसन फ्लाइट गर्न प्राविधिक टोलीलाई आग्रह गरे ।

मन्त्री आलेसहित क्यानका निमित्त महानिर्देशक, सार्वजनिक लेखा समितिका सभापति, आयोजना प्रमुख, मन्त्रालयका सचिवलगायतले विमानस्थलको निरिक्षण गरेका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer