तानसेन ।पाल्पामा चार राजनीतिक दलले एमसीसी कार्यान्वयको बिरोध गरेका छन् । जिल्ला सदरमुकाम तानसेनमा राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओबादी र नेकपा मालेले संयुक्त रुपमा बिरोध सभा गरेका हुन् ।
एमसीसी सम्झौता अहिले कार्यन्वयनको चरणमा रहेको हुँदा देश जनताका हित विपरित रहेको सम्झौता खारेजको माग गर्दै बिरोध गरिएको चार दलले जनाएका छन् ।
तानसेनको आन्दोलन चोकमा भएको बिरोध सभामा विभिन्न दलका नेताहरुले नेपाली जनतालाई भ्रममा पारेर विदेशी शक्तिले राज गर्ने अवस्था सृृजना भएको हुँदा आफूहरु सडकमा उत्रिएका बताएका छन् ।
एमसीसी हालसम्म भएका अन्य सम्झौताहरु भन्दा फरक र देशको फाइदा नहुने भएका कारण संसदबाट पारित गर्नुपर्ने प्रावधान राखएको बताउनदै यसको खारेजका लागि आफूहरु थप संघर्षका साथ अघि बढ्ने पनि चार दलले बताएका छन् ।
कार्यक्रममा चार दलका केन्द्रीय नेताहरुको समेत सहभागिता रहेको थियो ।