
तानसेन। पाल्पाको रामपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नं. ४ भिमसेन टोलका ४२ वर्षीय प्रेम बहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।
गएराति रामपुर नगरपालिका ४ बाङेपसलदेखि सदावर्त सडक खण्डमा बाग्मती प्रदेश ३०२- ००८ प २९८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडक कुनाको नालीमा पल्टिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना मामोटरसाइकल चालक जीवन श्रेष्ठ घाइते छन् । दुर्घटना पश्चात् दुवैजनालाई उपचारका लागि रामपुर अस्पतालमा लगिएकोमा अस्पतालले मोटरसाइकलको पछाडि बस्ने नेपालीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
घाइते भएका श्रेष्ठको टाउको, हात र खुट्टामा चोट लागेको हुँदा थप उपचारका लागि लुम्बिनि मेडीकल कलेज प्रभासमा राखिएको प्रहरीले जनाएको छ ।