
तानसेन ।पाल्पामा महिलाको हत्या गर्ने चार जना प्रतिवादी कारागार चलान भएका छन् ।
तानसेन नगरपालिका वडा नं.–६, कुनसरेकी ६५ वर्षीया सरस्वती घर्तीमगरको हत्यामा संलग्न रहेका पुरुषहरुलाई पाल्पा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।
जिल्ला अदालत पाल्पाले बुधबार घर्तीको हत्यमा संलग्न तानसेन–६, बस्ने ४२ वर्षका कमलबहादुर घर्ती, तानसेन–७, का ३१ वर्षका विजय परियार, रिब्दीकोट–४, घरभइ तानसेन–६, बस्ने २३ वर्षका हरि सुनार र बगनासकाली–६, घरभइ हाल तानसेन–६, बस्ने २७ वर्षका सुनिल परियारलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको जनाएको छ ।
गत पुस २३ गते सरस्वती घर्ती घर नजिकैको जङ्गलमा मृत भेटिनुभएको थियो ।
२३ गते राति नै चार जना पुरुष मिलेर महिलाको हत्या गरिएको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।