तानसेन। होटल पौवाको तानसेन शाखाले शिवरात्रिको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।
हिन्दुहरुले महत्वकासाथ मनाउने यो पर्वको अवसरमा पुजा आजासहित ग्राहकहरुलाई भजन किर्तनमा नचाउने कार्यक्रम राखिएको होटलले जनाएको छ ।
शिवरात्रिको दिन देशभरका १२ वटा शाखाले ”यसवर्षको शिवरात्रि पौवासंगै मनाऔं” भन्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरो हुन् । संगसंगै मनाऔं संगसंगै खाऔं भन्ने मुल नारासंगै पौवाका सबै शाखाले शिवरात्रि विशेष कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।

होटल पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसारका परिकारहरु ग्राहकहरुलाई खुवाउदैं आएको छ । जस्ले गर्दा परम्परागत खानाको संरक्षणसंगै नयाँ पुस्तालाई पुराना परिकारमा ध्यान समेत बढ्दै गएको छ ।
यसैबीच होटल पौवा पाल्पा शाखाले बिहानै भगवान शिवको पुजा गरेर बेलुका ५ बजेदेखि ८ बजेसम्म भजनकृर्तनसहित प्रसाद वितरण गर्ने व्यवस्था मिलाएको पाल्पा शाखा प्रमुख सरोज भण्डारीले बताए ।



