बेथल स्कूलको रजत जयन्ती सम्पन्न

तानसेन। पाल्पाको बेथल इङ्लिस बोर्डिङ्ग सेकेण्डरी स्कूलको रजत जयन्ती सम्पन्न भएको छ ।

जिल्लामा निजी स्कूलतर्फ सवल वद्यार्थी उत्पादन गर्न सफल मानिइकाे बेथल स्कलले विविध कार्यक्रमसहित रजत जयन्ती समारोह सम्पन्न गरेको हो ।

रजत जयन्ती मुल समारोह समितिका प्रमुख संघीय सांसद तथा पूर्व मन्त्री सोम प्रसाद पाण्डेले शिक्षामा पर्याप्त बजेट विनियोजन नहुँदासम्म देश विकास हुन नसक्ने बताए । उनले सरकारसँग संस्थागत विद्यालयहरू सँगसँगै रहनुपर्ने बताए ।

पछिल्लो समय निजी विद्यालयले पनि शिक्षा क्षेत्रमा राम्रो प्रगती गरेको बताउदै शैक्षिक क्षेत्रमा बेथलले गरेको कार्य प्रशंसनीय रहेको पाण्डेले बताए ।

कार्यक्रममा प्याब्सनका सल्लाहकार आशिष श्रेष्ठ, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष राम प्रसाद ढकाल, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेल लगायतले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको भुमिकालाई सरकारले ध्यान दिन जरुरी रहेको बताए।


यसैबीच बेथल स्कूलका प्रिन्सिपल खेमबहादुर सारूले विद्यालयको भौतिक अवस्था, शैक्षिक उपलब्धी, अतिरिक्त क्रियाकलाप तथा विद्यालयको आर्थिक अवस्था लगायतका विषयमा वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा विभिन्न विधामा सहयाेग पुर्याउने व्यक्तिहरू तथा  विद्दार्थीहरूलाइ सम्मान तथा पुरस्कार वितरण समेत गरिएकाे थियाे ।

कार्यक्रममा विद्यालयले रजत जयन्तीको अवसरमा बेथलमा क्वाड च्याम्प प्रतियोगिता, रक्तदान, भूपू विद्यार्थीबीच पुर्नमिलन  कार्यक्रम समेत गरेको थियो । विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियो ।

 

तपाईको प्रतिक्रिया