पाल्पामा आज पनि एक युवक लागूऔषधसहित पक्राउ

तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले आज पनि एक जना युवालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ्ग नगरपालिका वडा नं.८ घरभई हाल बाग्लुङ्गको हल्लनचोक बस्ने २३ वर्षीय सन्जय नेपाली रहेका छन् ।

प्रहरीले उनलाई रिब्दीकोट गाउँपालिका वडा नं.२, दम्बकदेखि पक्राउ गरेको हो।

उनको साथबाट डायजेपाम २७ एम्पुल, प्रोमथजन २६ एम्पुल, नोफिन २७ एम्पुल गरी जम्मा ८० एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिए ।

प्रहरीले मंगलबार बेलुकी पनि तीन जना युवालाई लागूऔषध सहित पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जना बाग्लुङ्ग जिल्लाका रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीको विशेष चेकजाचँका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer