पशु स्वास्थ्य प्राविधिक रेग्मीको निधनपछि रम्भा गाउँपालिकामा एक दिन शोक बिदा

पाल्पा । रम्भा गाउँपालिकाले एक दिन शोक बिदा दिएको छ। गाउँपालिकाले वडा नं. १ हुँगीस्थित वडा कार्यालयमा कार्यरत पशु स्वास्थ्य प्राविधिक विष्णु प्रसाद रेग्मीको असामयिक निधन भएपछि गाउँपालिकाभर शोक बिदा घोषणा गरेको हो।

हुँगीका स्थायी बासिन्दा ३५ वर्षीय रेग्मी अचानक बेहोस् भएपछि उपचारका लागि बिहीबार दिउँसो लुम्बिनी मेडिकल कलेज लगिएको थियो। अस्पतालमा पुर्याउदा चिकित्सकले उनलाई मृत घोषणा  गरेका थियाे।

 रेग्मीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रम्भा गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण सरकारी कार्यालयहरूमा २०८२ फागुन २९ गते शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनद्वारा जारी सूचनामा स्वर्गीय रेग्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको