पाल्पा र गुल्मीका छात्राहरूका लागि ४५ दिने आत्मरक्षा तालिम

पाल्पा । महिला तथा किशोरीमाथि हुने विभिन्न प्रकारका दुव्र्यवहार, हिंसा र असुरक्षालाई मध्यनजर गर्दै पाल्पा र गुल्मीका माध्यमिक तहमा अध्यनरत छात्राहरूका लागि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सुरु भएको छ । सामाजिक विकास डिभिजन कार्यालय, पाल्पाको आर्थिक सहयोगमा पाल्पाको माथागढी ३ को दिव्यज्योति मावि र गुलमीको मुसिकोट ६ को त्रिभुवन माध्यमिक विद्यालय कुर्घा ३०। ३० जना छात्राका लागि आत्मरक्षा तालिम सुरु भएको हो ।

४५ दिनसम्म चल्ने तालिमका लागि दुई।दुई जना प्रशिक्षकको व्यवस्था मिलाइएको छ । विद्यालय तहदेखि नै छात्राहरूलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउन तालिम सञ्चालन गरिएको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले बताए।

चालु आर्थिक वर्षमा पाल्पा र गुल्मी जिल्लाका एक–एक माध्यमिक विद्यालयमा यस्ता तालिम सञ्चालन गर्ने योजना अनुसार कार्यक्रम अघि बढाइएको प्रमुख घिमिरेले बताए । पशिक्षणबाट छात्राहरूमा आत्मविश्वास बढाउनुका साथै आपतकालीन अवस्थामा सम्भावित आक्रमणबाट कसरी जोगिने र आवश्यक परे प्रतिकार गर्ने रणनीति बारे जानकारी दिइएको छ ।

तालिमले छात्राहरूलाई आफ्नै सुरक्षा गर्न सक्षम बनाउने अपेक्षा राखिएको छ। सराइस्थित दिव्यज्योति माविका मुख्य प्रशिक्षक सर्मिला घर्तीमगरका अनुसार सहभागीहरूलाई दैनिक जीवनमा हिँडडुल गर्दा वा सार्वजनिक स्थानमा हुनसक्ने सम्भावित आक्रमण वा दुव्र्यवहारबाट कसरी जोगिने र आवश्यक परे प्रतिकार गर्ने विषयमा प्रयोगात्मक सीप सिकाइ भइरहेको छ।


तालिममा सहभागी छात्राहरूले सम्भावित जोखिमपूर्ण परिस्थितिमा आफू कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा आधारभूत सीप सिक्ने अवसर पाएको तालिममा सहभागी आषिका थापाले बताइन् ।

तालिमका सहभागीले केही जानकारी लिएकोर तालिम सम्पन्न हुँदासम्म धेरै कुरा सिक्ने उतसाहका साथ अघि बढेको बताएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको