पाल्पा । दलित महिला संघ, पाल्पा युएसएआडी र आइइएसको सहयोमा पाल्पामा दलित महिला तथा सीमान्तकृत समुदायको निर्वाचन र राजनीतिक सहभागीता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियान सुरु भएको छ ।
मेरो मत मेरो अधिकार, बन्छ सुनौलो भविष्यको आधार, आफु सिकौं र अरु थप ५ जनालाई पनि सिकाऔ भन्ने नाराका साथ जिल्ला स्तरीय सरोकारवाला निकाय बीच समन्वय कार्यक्रम सम्पन्न भएको हो ।
समन्वय कार्यक्रममा जिल्ला राजनैतिक दलका प्रमुख, जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मीहरु, तथा सरोकारवाला निकाय बीच छलफल सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपालीका काँग्रेसका उपाध्यक्ष झपेन्द्र गहिरे, नेकपा माओवादीका मधुरा ढकाल, नेकपा एकीकृत समाजवादीका सचिव मोहन गैरे, राजमोका अध्यक्ष विशाल दर्लामीले नागरिकहरुले मतदाता शिक्षाका कारण बदर मत न्यून हुने बताए ।
जिल्ला प्रशासन कार्यालय पाल्पाकी प्रशासकीय अधिकृत रमा श्रेष्ठ र निर्वाचन कार्यालय पाल्पाकी सूचना अधिकारी कल्पना पौडेलले सरकारी निकायबाट सञ्चालन गर्नुपर्ने काम दलित महिला संघबाट सञ्चालन हुनु र नागरिकलाई सचेत बनाउने काम राम्रो भएको बताइन ।
दलित महिला संघका सल्लाकार कृष्ण दर्नाल, जिल्ला अध्यक्ष शान्ता गहतराजले जातीय तथा लैगिंक विभेद भोगेका दलित तथा सीमान्तकृत समुदायका महिलाहरु स्थानीय सरकारको वडातहमा सदस्यका रुपमा रहनु राजनैतिक परिर्वतन देखिएको बताए । दलित तथा सीमान्तकृत समुदायका महिलाहरु स्थानीय सरकारको नेतृत्वमा देखिनुपर्ने दलित समुदायको माग रहेको छ ।
आगामी निर्वाचनमा बदर मत न्यूनीकरणमा मतदाता शिक्षा प्रभावकारी हुने अपेक्षा छ । दलित महिला संघ पाल्पाकी जिल्ला संयोजक तुल्सी बुढाप्रितीका अनुसार अगामी निर्वाचनमा दलित तथा सीमान्तकृत समुदायका महिलाहरुको राजनैतिक सहभागीता तथा मतदान प्रक्रियालाई थप प्रभावकारी बनाउने बताइन ।
कार्यक्रम दलित महिला संघकी अध्यक्ष शान्ता गहतराजको अध्यक्षता, जिल्ला संयोजक तुल्सी बुढाप्रितीको सञ्चालन र सदस्य मन्ज विश्वकर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।