तानसेन ।जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै इजाजत लिएर राखेका हातहतियार प्रहरीमार्फत प्रशासनमा बुझाउन आग्रह गरेको हो ।

 

प्रशासनले चैत २३ गतेभित्र नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउन सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

निर्वाचनका समयमा घट्न सक्ने अकल्पनिय घटनालाई मध्यनजर गर्दै हातहतियार बुझाउन आग्रह गरिएको प्रजिअ पन्तले बताए ।

निर्वाचन पश्चात भने सबै हातहतियार समबन्धित व्यक्तिलाई फिर्ता गरिने पनि स्थानीय प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया