कालीगण्डकी नदीमा डुबेर बेपत्ता युवक मृत भेटिए

पाल्पा । पाल्पामा कालीगण्डकी नदीमा डुबेर बेपत्ता युवक मृत भेटिएका छन् । धनकुटा पाख्रीबास नगरपालिका –६ फलाते घर भएका अन्दाजी ३३ वर्षका मोहन बस्नेत बुधबार दिउँसो तानसेन नगरपालिका –१४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भएसँगै खोजतलास गर्ने क्रममा बिहीबार दिउँसो सोही स्थानमा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक बस्नेत विगत ७ महिनादेखि अर्थुङ्गास्थित कालीगण्डकी करिडोरमा जे.सि.वि चालकको रुपमा काम गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया