रसायनिक मलको अभाव पूर्ती गर्न अर्गानिक मलको प्रयोग बढायौंः मन्त्री रायमाझी

तानसेन। लुम्बिनी प्रदेशकी कृषि, खाद्य, प्रविधि तथा भूमी व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले तेस्रो मुलुकबाट आयातित मलको भर नपरी अर्गानिक मलबाट उत्पादन गर्नुपर्ने बताएकी छन् ।

तीन जिल्लाको संगम स्थल रुरु क्षेत्रधाम रिडीमा आयोजित अर्गली पाल्पा महोत्सव २०७८ लाई सम्बोधन गर्दै मन्त्री रायमाझीले पछिल्लो समय रसायनिक मलको अभाव देखिएको समयमा स्थानीय स्तरमै मल उत्पादन गर्नुपर्ने बताएकी हुन ।

मन्त्री रायमाझीले अर्गानिक मलको प्रयोगले माटो र मानव स्वास्थ्यमा पनि राम्रो प्रभाव पर्ने हुँदा आयातित मलमा निर्भर नरहन किसानलाई आग्रह गरिन । पछिल्लो समय रसायनिक मलको प्रयोगबाटै विभिन्न रोग लागेको बताउदै मानव स्वास्थ्यका लागि अर्गानिक खाद्य बस्तु उत्पादनमा लाग्न किसानलाई जोड दिइन ।

यसैबीच मन्त्री रायमाझिले किसानका लागि आवश्यक विउ, सीप र प्रविधिमा आफ्नो मन्त्रालयले काम गरेको हुँदा व्यावसायिक खेतीमा लाग्न पनि सबै किसानलाई अनुरोध गरिन ।

रिडीमा आयोजित दश दिने महोत्सवमा स्थानीय स्तरमा कृषि प्रदर्शनी, बाल उद्यान, कुटीर उधोगबाट उत्पादित वस्तुको प्रदर्शन, हस्तकलाकाबाट उत्पादिन सामग्री गरी दुई सय स्टल राखिएको मेला आयोजन संस्था अर्गली जनचेतना युवा मञ्चले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer