
तानसेन। युनाइटेड मिसन अस्पताल तानसेनले स्वास्थ्य बीमाको उपचार नगर्ने भएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै सरकारले स्वास्थ्य बीमा बापतको रकम उपलब्ध नगराएपछि यही चैतको २१ गतेदेखि उपचार नगर्ने जानकारी गराएको हो ।
सरकारले स्वास्थ्य बीमा बापतको १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ बक्यौता रकम वैशाख ५ गतेसम्म उपलब्ध नगराए ६ गतेदेखी सेवा कटौती गर्ने पनि अस्पताल प्रशासानले जनाएको छ ।
अस्पताकी प्रमुख डा. रचेल कारखद्वारी जारी सूचनामा बक्यौता रकम भुक्तानीमा ढिलाई हुँदा अस्पतालको दैनिक कामकाज र गुणस्तरीय सेवा प्रवाहमा समेत समस्या देखिएको हुँदा स्वास्थ्य बीमाका बिरामीले उपचार गराउदा स्वयमले नै रकम बुझाउनु पर्ने उल्लेख गरिएको छ ।
साथै १५ दिनभित्र बक्यौता रकम भुक्तानी नभएमा अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम नै बन्द गर्ने पनि अस्पताल प्रशासनले जनाएको छ ।
हेर्नुहोस अस्पतालले जारी गरेको सूचनाः