किर्ते नागरिकता बनाउने युवक पक्राउ

तानसेन। किर्ते नागरिकता बनाएको अभियोगमा पाल्पामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ् नगरपालिका–८, २३ वर्षीय धनबहादुर कँडेल रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार बाग्लुङ्को बाग्लुङ् नगरपालिका–८, स्थायी घर भई हाल पाल्पाको रामपुर नगरपालिका वडा नं.१२ का पिताम्बर अधिकारीको छोरा बनी किर्ते नागरिकता बनाएको अभियोगमा धनबहादुर कँडेललाइ पक्राउ गरिएको हो ।

उनले पिताम्बरको छोरा बनी नाम परिवर्तन गरेर विजय अधिकारीको नामबाट नागरिकता निकालेको प्रहरीले जनाएको छ ।

पिताम्बरले किर्ते नागरिकता बनाउदा सनाखत गर्ने आफ्नै भाई कृष्णप्रसाद अधिकारी र धनबहादुरका विरुद्धमा प्रहरीमा उजुरी दिएपछि निजलाई पक्राउ गरिएको सूचना अधिकारी त्वातीले बताए ।

उजुरी परेपछि अनुसन्धान गरी एक वर्षपछि कँडेललाई नियन्त्रण गरिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer