तानसेन। सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा पाल्पाद्वारा सञ्चालित सामुदायिक रेडियो मदनपोखराले २४ औं शुभजन्मोत्सव मनाएको छ । सारेमको स्टेशन घर मदनपोखरामा आयोजित कार्यक्रममा वार्षिक पत्रिका बोली र सारेम भित्तेपात्रोको सामूहिक विमोचन समेत गरिएको छ ।
सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसी, जिल्ला समन्वय समितिका सदस्य तुल बहादुर गाहा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, तानसेन न्यायीक समिति सदस्य विनिता लुँईटेल, दमकडा माविका प्रधानाध्यापक मोहन प्रसाद सापकोटालगायतले सामूहिक रूपमा विमोचन गरेका हुन् ।
कार्यक्रममा सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले रेडियोले विगतमा लोकतान्त्रिक गणतन्त्र, जनपक्षीय संविधान निर्माण, सामाजिक न्याय, सामुदायिक भावना र सदाचारका निम्ति बोलेको र सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका निम्ति बोलिरहने प्रतिवद्धता व्यक्त गरे ।
सारेमका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले आर्थिक वर्ष २०७७।०७८ को आयव्यय विवरण प्रस्तुत गरे ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सामुदायिक रेडियो मदनपोखरा उत्पीडित, शोषित, श्रमजीवी र परिवर्तनकामी समुदायको आवाज दिने माध्यम बनेको बताए ।
उनले सञ्चार क्षेत्रको मात्र नभई आम नागरिकको लिपीबद्ध आवाजको रुपमा स्थापित भएको बताए ।
न्यायीक समिति सदस्य विनिता लुँईटेलले समाज र राष्ट्रकै समस्यालाई सम्प्रेषण गरेको हुनाले सबैको बोली बन्न पुगेको बताइन्। उनले समाजका जल्दाबल्दा विषयको उठान गरी समस्या उठाउने मात्र नभई समाधानका उपायहरू पनि सुझाउने रेडियो मदनपोखरा समाज र राष्ट्रकै वाणी बनेर स्थापित बनेको बताइन ।
कार्यक्रममा दमकडा माविका प्रधानाध्यापक मोहन प्रसाद सापकोटा, भुषलडाँडा माविका प्रधानाध्यापक सुन्दर प्रसाद श्रेष्ठ, सामाजिक व्यक्तित्वहरु दुर्गा प्रसाद अर्याल, नारायण प्रसाद अधिकारी, पुरुषोत्तम नेपाल, बासु न्यौपाने, गुणाकर अर्याललगाएतले नागरिकको सुरक्षा, सम्मान, रोजगारी, शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन रेडियो मदनपोखराको भूमिका प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा दुर्गाप्रसाद अर्याल, नारायण प्रसाद अधिकारी, पुरुषोत्तम नेपाल, बासु न्यौपाने, रोमन गाहामगर विभिन्न विधामा पुरस्किृत भएका थिउ
। त्यस्तै रेडियोका पूर्व कर्मचारी छविलाल भट्टराई, स्वयम्सेवक कर्मचारीहरु मान बहादुर हिस्की, तुलसी जिसी समेत सम्मानित भएका छन । समुदायको रुचि, चाहना र आवश्यकतामा आधारित कार्यक्रम उत्पादन तथा प्रसारण गरेर यसले रेडियोको इतिहासमै सिर्जनशील प्रसारण संस्थाका रुपमा पहिचान बनाएको छ ।