पाल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले सोमबार तानसेनमा स्थानीय तह निर्वाचनको लागि घरदैलो कार्यक्रम शुभारम्भ भएको छ ।
राप्रपाका केन्द्रीय सदस्य हिक्मत सिह कार्कीको उपस्थितिमा निर्वाचन घर दैलो कार्यक्रम शुभारम्भ भएको हो ।
विभिन्न पार्टी परित्याग गरी सोमादीका बिष्णु पोखरेल, मीन बहादुर धर्ती, शंकर भण्डारी, कर्ण बहादुर ज्ञवाली, रामपुरका माधव कडेल, जगन्नाथ ढकाल, अर्जुन लम्साल, तानसेनका तारा विक, चेत कुमारी पुन लगायत राप्रपामा प्रवेश गरेको जिल्ला अध्यक्ष डुल बहादुर कुवरले बताए ।





















