तानसेन। पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ ।

तीनै जिल्लाबाट कालीगण्डकीको बीच भागमा संगम हुनेगरी निर्माण भएको नौ मिटर रनिङ गोलाई भएको ‘पिलर’ निर्माण समेत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

२५ मिटर उचाइसहितको भ्यूटावर, रहेको उक्त पुलमा तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।नेपालको चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा पुल निर्माण भएसंगै पुलको अवलोकन गर्न पुग्ने पर्यटकको संख्यामा समेत वृद्धि भएको स्थानीयले बताएका छन् ।

सात वर्षअघि सम्झौता भई नौ करोड ८८ लाख २६ हजार ३३२ मा नयाँ बाटो रुबिना मना जेभीले निर्माणको जिम्मख लिएको थियो ।

बीचमा प्राविधिक समस्या देखाउदै ठेकेदारले काम नगरेर अलपत्र परेको पुलको पछिल्लो दुई वर्षयता तिव्र गतिमा काम भएसंगै निर्माण सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन् ।

पुलमा दुवैतर्फ जाली, लाइटिङ, टपमा सोलार र भर्याङ, रेलिङ निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम अहिले भइरहेको छ ।

आगामी बैशाखमा काम पूरा गरी उद्घाटन गर्ने तयारीमा रहेको लभलीना कन्स्ट्रक्शनका निर्माण व्यवसायी सुशान्त यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया