तिनाउ बन्यो कोरोना विरुद्ध पूर्ण खोप सुनिश्चित पहिलो पालिका

तानसेन। पाल्पाको तिनाउ गाउँपालिका जिल्लामै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ ।

पालिका भित्रका ९५ प्रतिशत नागरिकलाई कोरोना भाइरस विरुद्धको लगाएसंगै स्वास्थ्य कार्यालय पाल्पाले पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिकाको प्रमाणपत्र दिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष कार्कीका अनुसार १२वर्ष माथिका नागरिकलाई खोप लगाउन ३६ जना स्वास्थ्यकर्मी, ३८ जना स्वयंसेवीका र ३ जना निगरानी सदस्यको सहयोगमा अभियान सफल भएको हो ।
पूर्ण खोप सुनिश्चित गाउँपालिका भएकोमा प्रमाण् पत्र दिदैँ स्वास्थ्य कार्याल पालपाका प्रमुख डा. राजेन्द्र गिरीले सबैको सहयोगमा कोरोना विरुद्धको खोप अभियान सफल भएको बताए ।

प्रमुख डा.गिरिले थोरै स्थानीय तहले मात्रै नागरिकको स्वास्थ्यसंग जोडिएको कोरोना विरुद्धको खोप अभियानमा चासो दिएर लागि परेको बताउदै तिनाउले सो कार्यमा अग्रस्थानमा रहेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले स्वास्थ्यकर्मी र स्वयंसेविकाको सक्रिय सहभागिताले गर्दा सबै देशभरका ७ सय ५३ स्थानीय तहमा पाँचौं र पाल्पा जिल्लामा पहिलो पूर्ण खोपसुनिश्चित गाउँपालिका घोषणा गर्न सफल भएको बताए ।

यसैबीच जिल्ला छुटेका ८ सय ७८ जनालाई खोज र खोप अभियान सञ्चालन गरि खोप अभियानमा लगाउने पनि गाउँपालिकाले जनाएको छ ।

अभियान सफल पार्न पालिका खोप समन्वय समितिले पूर्ण खोप निर्देशिका २०७१ को नियमानुसार २ सय ८८ घरधुरीमा सुलभ सर्वेक्षण गरेको थियो ।

तपाईको प्रतिक्रिया