तानसेन। नेकपा (माओवादी केन्द्र) पाल्पाले स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनबाट सहमति भए दुई पालिका प्रमुख तथा तीन उपप्रमुखमा उम्मेदवारी दिनेको नाम टुंगो लागेको हो ।

माओवादी केन्द्रको बैठकले तिनाउ गाउँपालिका प्रमुखमा राजेश श्रेष्ठ तथा रिब्दीकोट गाउँपालिका प्रमुखमा नारायणबहादुर कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै माओवादी केन्द्रबाट उपप्रमुखले उम्मेदवारी दिने तानसेन नगरपालिकामा प्रतीक्षा सिंजाली, रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष युवराज थापा तथा निस्दी गाउँपालिका उपाध्यक्ष रामप्रसाद खत्रीलाई उम्मेदवार बनाउने माओवादी केन्द्रका नेता अनिलकिशोर घिमिरेले जानकारी दिए ।

सबै उम्मेदवारले आज मनोनयन दर्ता गर्ने पनि माओवादी केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया