पाल्पामा हजार १३३ जनाले गरे मनोनयन दर्ता

तानसेन। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निार्वाचका लागि पाल्पामा विभिन्न दल तथा स्वतन्त्र रुपममा एक हजार १३३ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्ला सदरमुकाम तानसेनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १० स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख उप-प्रमुख, अध्यक्ष, उपाध्यक्षसहित एक हजार १३३ जनाले मनोनयन दर्ता गरेका हुन् ।

दश स्थानीय तहमा गरी चार सय २५ जना निर्वाचित हुनुपर्नेमा प्रमुख पदका लागि ५१, उप प्रमुखमा ३८, तथा ८१ वटा वडाको अध्यक्ष पदमा २४४ जनाले उम्मेदवारी दिएक छन् ।

यस्तै ८१ वटै वडामा १।१ जनाका दरले ८१ जना महिला सदस्यलागि १ सय ९७ जना, १६२ वटा खुला सदस्यमा ४२२ जना र ८१ जना दलित महिला सदस्यका लागि १ सय ८१ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

मनाेनयान दर्ता गर्नेमा स्वतन्त्र उम्मेदवार समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया