आजदेखि ‘कमेडी हब’ लिएर आउँदै ‘माग्ने बुढा’

काठमाडौं । लोकप्रिय हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ आजदेखि प्रशारणमा आउँदैछ ।

हास्य कलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पना रहेको कमेडी शो अब हरेक बुधबार राती ८ बजे एपीवान टेलिभिजनबाट प्रशारण हुनेछ ।
एक दर्जन बढी हास्य कलाकारहरुलाई लिएर मिडिया हबले कार्यक्रम प्रशारणमा ल्याउन लागेको हो । टेलिभिजनमा प्रशारणपश्चात राती ९ बजे मिडिया हबको अफिसियल युट्युब च्यानलमा कार्यक्रम हेर्न सकिने जनाईएको छ ।

शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, कमेडी च्याम्पियन हिमेश पन्त, खड्गबहादुर पुन ‘खबपु’, राजेन्द्र नेपाली ‘लट्टे’, जानुका पौडेल ‘प्याकुली’, दिलीप तामाङ ‘हुरहुर’, नारिया गिरी, बेदना राई ‘मैना’, सीता न्यौपाने, अनिल राई ‘आम्बो’, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा, प्रभात लामा, संगम राई ‘लब्ली’, दीपेश घिमिरे र राधिका कँडेलले कमेडी पस्किनेछन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer