न्यूयोर्कमा छायाँकन भएको ‘फुलबुट्टे सारी लाएर’ को भिडियो सार्वजनिक

स्याङ्जा। सफक काउन्टी नेपाली समाज न्यूयोर्कले नेपाली हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजलाई लक्षित गरी फुलबुट्टे सारी लाएर नामको तीज गीत बजारमा ल्याएको छ ।

बिमल डाँगी सरीता डाँगी र मधुर गिरीको स्वरमा रहेको गीतमा शब्द मधुर गिरी तथा लय बिमल डाँगीकै रहेको छ । तेस्रो मुलुकमा रहेक पनि आफ्नो देश तथा नेपाली कला सस्कृतिको जर्गेणा गर्दै पर्व मनाउन अमेरिकामा नै गीतको भिडियो तयारी गरिएको छ ।

बिमल डागीको युट्युव च्यानमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा सरीताता डाँगी, यन्सरी गुरुङ्ग, बबीता डाँगी, रचना रानाभाट, अमृता ज्ञवाली, दिलु राई, अन्जु गुरुङ्ग, मन्जु गुरुङ्ग, सुशिला ज्ञवाली, सावित्री न्यौपाने, मन्जु गैह्रे, सारदा केसी, सुजिता श्रेष्ठ, माधुरी कार्की, सबिना दवाडी, गीता ढकाल, रुथमान गुरुङ्ग, रबिन गुरुङ्ग, दिनेश डाँगी, बरुण रानाभाट, दिनेश बस्नेत, रामकृष्ण भाट, अर्जुन कुमार कार्की, बद्री डाँगी, राम बिष्ट, बिजेन्द्र थिङ्ग, पूर्ण छन्त्याल, केशव थापा, कर्मा शेर्पा, खिम हमाल, बुद्धिमान तामाङ्ग, गोविन्दराज फुलारा, दिल पुन, र टिका छन्त्यालको समूहिक अभिनय रहेको छ ।

गीतमार्फत विदेशमा रहेका नेपालीका लागि बालापन र परिवारकाे झल्काे मेटाएकाे समूहकी कार्यसमिति सदस्य अमृता ज्ञवालीले बताइन्। अहिले प्रविधिकाे प्रयाेग बढेकाे हुँदा विश्वभर नै यसरी कला सस्कृतिकाे संरक्षण र मनाेरञ्जन लिनका लागि पनि सहज भएकाे र नेपाली पर्वहरू अमेरिकासम्म मनाउन पाउदा खुसी लागेकाे उनकाे भनाइ छ ।

शम्भु मोक्तानद्धारा अमेरिकाको न्यूयोर्कमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन गोबिन्द राईले गरेका छन् भने सम्पादन बिनोद बमले गरेका छन् ।

हेर्नुहोस भिडियोः

तपाईको प्रतिक्रिया