काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार र चाँदीको १५ रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० र तेजावी सुन ९२ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको प्रतितोला ९१ हजार ८०० र तेजावी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको प्रतितोला मूल्य १५ रुपैयाँले वृद्धि भएर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया