तानसेन। निर्वाचनको मिति नजिएसंगै मत माग्न घरदैलोमा पुगेका पाल्पा क्षेत्र नं. २(२)का उम्मेदवार तुलाराम घर्ती (बसन्त)ले जनताको सेवक बनेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले विभिन्न स्थानका मतदातलाई भेटेपछि नयाँधारसंगको कुराकानीमा भने,-”संघीय शासन प्रणलीको पहिलो सस्थापक सासंदको भूमिका निर्वाह सफल रुपमा गरेको छु। कानून निर्माणको चरण सकिएको छ। पाचँ वर्षको अनुभवको आधारमा जनताको आधारभूत समस्यालाई सदनमा राख्ने छु । जनता र समाजको रुप बदल्ने मात्रै होईन, जनताको कहि कतै पनि खोट लाग्ने काम गरेको छैन। त्यसैले गर्दा यसपटक मलाई आम मतदाताले मत दिनेछन् ।”
वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार घर्तीले आफू सबै बस्ती-बस्ती गाउँ-गाउँमा पुगेर मतदातको समस्या बुझेको जनाउदै भने-“म जनताको नेता होइन, सेवक हुँ, जनताका विकास निर्माणका समस्यालाई समाधान गर्ने गरी काम गर्नेछु । कृषि, युवा स्वरोजगार, पर्यटन र ग्रामीण सडकको स्तरउन्नतिका लागि मैले काम गर्नेछु । यो नै मेरो प्रतिबद्धता हो ।”