
पाल्पा । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सेलिब्रेटीहरुले समेत उत्साहजनक रुपमा सहभागीता जनाएका छन् । कतिपय सेलिब्रेटीहरु गृहजिल्ला पुगेर आफ्नो मताधिकार प्रयोग गरे ।
चर्चित गायक पुश्कल शर्मा मतदान गर्न पाल्पास्थित आफ्नो गाउँ आए । गायक शर्माले आफ्नो मतदानको तस्वीरहरु फेसबुकमा शेयर गरेका छन् । तस्वीर शेयर गर्दै उनले देशले असल नेतृत्व पाओस् भनेर शुभकामना समेत दिएका छन् । त्यस्तै, सुरक्षाकर्मी एवं निर्वाचनमा खटिने सम्पूर्णलाई उनले धन्यवाद दिएका छन् ।
नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक पुश्कल केही दिनपछि मात्रै कर्मथलो फर्किनेछन् । एउटा गीतको सुटिङ गरेर ८-१० दिनपछि मात्रै आफू काठमाडौं फर्किने शर्माले जानकारी दिए । शर्मा स्टेज कार्यक्रममा पनि निकै डिमाण्डेड गायकमा पर्छन् ।