तानसेन। नेकपा माओवादी केन्द्र पाल्पाले निर्वाचनमा सहयोग गरेकोमा सम्पूर्ण जिल्लावासीमा धन्यवाद व्यक्त गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै गठबन्धनका घटक चार दलका साझा उम्मेदवार विजयी गराउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेको हो ।

पार्टी जिल्ला अध्यक्ष, राजेन्द्र वि क र केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा संघीय संरचना निर्माणपछि दोस्रो पटक सम्पन्न भएको आम निर्वाचनमा सहयोग गर्ने आम मतदाता तथा जिल्लावासीलाई आभार तथा धन्यवाद दिएको छ ।

हेर्नुहोस प्रेस विज्ञप्ति

तपाईको प्रतिक्रिया