
तानसेन। पाल्पामा हाले सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी दिएकामध्ये एक्ली उम्मेदवार हुन दुर्पता सोमै। ५४ वर्षीय सोमैले जनता समाजवादी पार्टी, नेपालबाट पल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी थिइन् । निर्वाचन आयोगका तथ्यांक अनुसार सोमैले कुल एक सय १२ मत प्राप्त गरेकी छन् । जिल्लाका चार प्रदेशसभा तथा दुई प्रतिनिधिसभा मध्ये सोमै एकल महिला उम्मेदवार हुँदा पनि उलको दललाई भने कम मात्रामा मतदान भएको पाइएको हो ।
सय मत नपुगेका ९ उम्मेदवार
यस्तै जिल्लाका अन्य ९ जना उम्मेदवारले सय मत कटाउन सकेका छैनन् । स्वतन्त्र तथा दलबाट गरी कुल ४५ जनाले प्रतिनिधि र प्रदेश सभामा उम्मेदवारी दिएकोमा एक सय मत कटाउन नसक्नेमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका जसपाका मेहरमान राना, स्वतन्त्रका राजु सुनार, नारायण न्यौपाने, डोलराज तिमिल्सिना, जीवलाल सुवेदी, शिवसुन्दर धुख्वा र केशरबहादुर आले रहेका छन् ।
यस्तै प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका भीमसेन सुनारीमगर र नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले सय भन्दा कम मत ल्याएको जिल्ला निर्वाचन कार्यालय, पाल्पाले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं. १
















