पाल्पाकी एक्ली महिला उम्मेदवार जसले पाइन् ११२ मत

तानसेन। पाल्पामा हाले सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी दिएकामध्ये एक्ली उम्मेदवार हुन दुर्पता सोमै। ५४ वर्षीय सोमैले जनता समाजवादी पार्टी, नेपालबाट पल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी थिइन् । निर्वाचन आयोगका तथ्यांक अनुसार सोमैले कुल एक सय १२ मत प्राप्त गरेकी छन् । जिल्लाका चार प्रदेशसभा तथा दुई प्रतिनिधिसभा मध्ये सोमै एकल महिला उम्मेदवार हुँदा पनि उलको दललाई भने कम मात्रामा मतदान भएको पाइएको हो ।

सय मत नपुगेका ९ उम्मेदवार

यस्तै जिल्लाका अन्य ९ जना उम्मेदवारले सय मत कटाउन सकेका छैनन् । स्वतन्त्र तथा दलबाट गरी कुल ४५ जनाले प्रतिनिधि र प्रदेश सभामा उम्मेदवारी दिएकोमा एक सय मत कटाउन नसक्नेमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका जसपाका मेहरमान राना, स्वतन्त्रका राजु सुनार, नारायण न्यौपाने, डोलराज तिमिल्सिना, जीवलाल सुवेदी, शिवसुन्दर धुख्वा र केशरबहादुर आले रहेका छन् ।

यस्तै प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका भीमसेन सुनारीमगर र नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले सय भन्दा कम मत ल्याएको जिल्ला निर्वाचन कार्यालय, पाल्पाले जनाएको छ ।

 

प्रतिनिधिसभा क्षेत्र नं. १

Photo
मेहरमान राना(३९ )
Symbol जनता समाजवादी पार्टी, नेपाल
८७
Photo
राजु सुनार(३३ )
Symbol स्वतन्त्र
६८
Photo
नारायण न्यौपाने(३५ )
Symbol स्वतन्त्र
२७
Photo
डोल राज तिमिल्सिना(५१ )
Symbol स्वतन्त्र
१०
प्रतिनिधिसभा क्षेत्र नं. २
जीव लाल सुवेदी(५० )
Symbol स्वतन्त्र
९०
Photo
शिव सुन्दर धुख्वा(४६ )
Symbol नेपाल मजदुर किसान पार्टी
३६
Photo
केशर वहादुर आले(३७ )
Symbol स्वतन्त्र
प्रदेशसभा क्षेत्र नं. १(१)
Photo
भिमसेन सुनारी मगर(४० )
Symbol राष्ट्रिय जनमुक्ति पार्टी
८०
प्रदेशसभा क्षेत्र नं. २(१)
Photo
माधव अधिकारी(२८ )
Symbol नेपाल मजदुर किसान पार्टी
७७

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer