तानसेन। मालारानी कृषि तथा पशुपंक्षी सहकारी संस्था लिमिटेडको १७ औ साधारण सभा तथा आठौं अधिवेशन सम्पन भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ मन्त्रालयका वरिष्ठ लेखा अधिकृत लिलाधर अर्यालले सहकारीको मर्मलाई आत्म साथ गर्दै आय आर्जनको बाटोमा लगानीले मात्र उद्यमशिलतामा बढावा दिने बताए ।
उनले हरेक कामलाई व्यवसायिक बनाउन आग्रह समेत गरे । साधारण सभामा संस्थाको वार्षिक आय —व्यय प्रतिवेदन प्रस्तुत गदै व्यवस्थापक जिवलाल बस्यालले १ करोड ७१ लाख रुपैया बराबरको कारोबार गरेको जानकारी गराए ।
उनले चालु आर्थिक वर्षमा ५ लाख ८२ हजार रुपैया सुद्ध नाफा गरेको जानकारी दिए। ।कार्यक्रममा संस्थाको निती तथा कार्यक्रम प्रस्तुत गदै अध्यक्ष चिन्तामणी बस्यालले सहकारी मार्फत धेरै कामको थालनी भएको र आगामी दिनमा संस्थाले आय आर्जनको क्षेत्रमा लगानी बढाउदै लैजाने बताए।
उनले सस्थाले आधुनिक प्राविधिमार्फत कृषिको थालनी गरेको जानकारी दिए। संस्थाले सस्तो पसल, अदुवा पकेट क्षेत्रसहित बाख्रा अनुदान कार्यक्रम संचालन गर्दै व्यवसायिक काम गरेको संस्थाका सचिव हरिप्रसाद बस्यालले बताए।
कार्यक्रममा बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसाल, वडा सदस्य यमलाल तिमिल्सिना, समाजसेवी लिलाधर बस्याल ,महिला समन्वय समितिका अध्यक्ष पेमा बस्याल,पूर्व अध्यक्ष मुक्तिराम बस्याल, सेयर सदस्य गीता अर्याल, मोहन अर्याल, पत्रकार दयाराज न्यौपाने , पम्फा गौतम देशकान्त बस्याललगायतले सहकारीले गरेको कामको चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थालाई लामो समय सहयोग गरेका संस्थाका पूर्व ब्यवस्थापक ,असल बचतकर्ता ,८४ बर्ष पूरा हुनुभएका सेयर सदस्य ३ जना र सफल ब्यवसायीलाई सम्मान पत्र पाल्पाली करुवा, र मायाको चिनोले सम्मान गरीएको थियो । संस्थामा ३सय ८५ सेयर सदस्य रहेका छन् । साधारणसभा मालारानी कृषि तथा पशुपंक्षी सहकारी संस्था लिमिटेड चापपानीका अध्यक्ष चिन्तामणि बस्यालकोअध्यक्षतामा चलेको थियो ।
आठौ अधिबेशन चिन्तामणि बश्यालकै अध्यक्षतामा ११ सदस्यीय नयाँ समितिको चयन भएको छ। जस्को उपाध्यक्ष छबिलाल बश्याल ,सचिव हरि प्रसाद बश्याल,कोषाध्यक्ष सीता घिमिरे, सहसचिव दुर्गा प्रसाद बश्याल र सदस्यहरुमा पम्फा गौतम,दिपा सारु,मनीषा बश्याल,दामोदर बश्याल,बाटुली बि क र यज्ञ प्रसाद बश्याल चयन भएका छन् ।
यस्तै तीन सदस्यीय लेखा समितिमा संयोजक बिष्णु प्रसाद बश्याल,सदस्य प्रभा अर्याल र युबराज ढकाल चयन भएका छन् ।