पाल्पा। गुल्मीका क्रियाशील पत्रकार अनिल खत्री सम्मानित भएका छन् । खत्री राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीको सातौं जिल्ला अधिवेशनमा उत्कृष्ट लोक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

पत्रकारिता क्षेत्रबाट  लोक तथा दोहोरी गीतकाे क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै प्रतिष्ठान गुल्मीले खत्रीलाई सम्मानित गरेकाे हाे । खत्रीलाई शनिबार लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले नगद, प्रमाणपत्र र दोसल्लाससिहत सम्मान गरेका थिए।

नेपाल टेलिभिजन, अनलाइन खबर तथा नेपाल समाचारपत्रलगायतका मिडियामा कार्यरत खत्रीलाई असल कर्मको प्रचार-प्रसार गरेको  हुँदा सम्मान गरिएको प्रतिष्ठानका सचिव भुवन भुसालले बताए ।

गुल्मीको इस्मा गाउँपालिका–२ का अनिल खत्री विगत १५ वर्षदेखि जिल्लाको सदरमुकाम तम्घासमा बसेर पत्रकारिता गर्दै आएका छन् । उनी प्रेस चौतारी नेपाल गुल्मी शाखाका अध्यक्ष समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया