
तानसेन। नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति पाल्पाको संयाेजकमा सुमित रेग्मी चयन भएका छन । शनिबार तानसेनकाे होटेल अन्नपूर्णमा सम्पन्न जिल्ला समन्वय समितिको वार्षिक साधारणसभाले रेग्मीकाे नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हाे ।
जिल्लाका निवर्तमान संयाेजक बिजय कुमार बौडेलले रेग्मीलाई पद हस्तान्तरण गरे।
नव गठित कार्यसमितिको सह-संयाेजकमा सुजित कुमार थापा, सचिव बिक्रम घिमिरे, सह-सचिव बिपिन खडाल, कोषाध्यक्ष निशा खरेल तथा सदस्यहरुमा भोजु राना, माधव पौडेल, विक्रम बम्रेल र शिशिर कोइराला चयन भएका छन ।
एनसिएसएस पाल्पाले आफ्नो स्थापनाकालदेखि जिल्लामा हुने गरेका क्रिकेट गतिविधिहरुमा आफ्नो सहभागिता जनाउदै आएकाे छ ।