
काठमाडाैं। नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको छ । इतिहास रच्दै नेपाल पहिलोपटक विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो ।
खराब प्रकाशका कारण डकवर्थ लुइस विधिबाट युएइलाई ९ रनले पराजित गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो । युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा छ विकेटको २६९ रन बनाएको थियो ।
त्यसपछि पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेपछि नेपाल विजयी भएको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले छ विकेटको क्षतिमा ३११ रन विशाल लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो ।
युएईका लागि आशिफ खानले ४२ रनमा १०१ रनको योगदान दिए भने वृृत्य अरविन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६७ रनको योगदान गरे । नेपालको जितमा चार जनाले अर्धशतक बनाए ।
भीम सार्कीले ६७, आरिफ शेखले ५२ रन बनाए भने, कुशल भुर्तेल र गुल्सन झाले समान ५० रनको योगदान गरेका थिए ।