
प्रकाश सपूतले पाँच दिनअघि सार्वजनिक गरेको गीत ‘सकम्बरी’ युट्युबबाट हटाउन रात्रीकालिन मनोरञ्जन व्यवसायी संघ नेपालले माग गरेको छ ।
संघले मंगलवार एक विज्ञप्ती जारी गर्दै गीतले आम महिलालाई आपेक्ष लागेको बताउँदै युट्युबबाट हटाउन माग गरेको हो । केही शब्द र भिडियोप्रति आफूहरुको आपत्ति रहेको संघले उल्लेख गरेको छ । गीतले रात्रीकालिन मनोरञ्जन व्यवसायको नकारात्मक प्रचार भएको संघले ठहर गरेको छ ।
संघका अध्यक्ष आशिष खड्का र महासचिव सगुन अधिकारी हस्ताक्षरित विज्ञप्तीमा ‘गलबन्दी’ जस्तो मौलिक र ‘बोल माया’ जस्तो मार्मिक गीतका रचनाकार एवं गायक प्रकाश सपूतले विगत केही समयदेखि नेपाली छोरी/नारीको अस्मितामाथि मजाक र व्यग्य प्रहार गर्दै भाइरल हुनका लागि अपाच्य गीत ल्याएको आरोप लगाइएको छ ।
‘तपाईजस्तो भुइमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरी– नारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यही हो त ?’ विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशको यो गीत यतिबेला निकै चर्चामा छ । टिकटकमा छाएको गीतको युट्युब भ्युज ७३ लाख पुगिसकेको छ ।
गीतलाई लिएर धेरैले निकै प्रशंसा गरेपनि केहीले आलोचना गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ती