पाल्पा महोत्सव : आज बद्री र शान्तीश्रीको प्रस्तुति

पाल्पा । तानसेनको टुँडिखेलमा जारी ‘पाल्पा महोत्सव’मा सोमवार (आज) चर्चित गायक बद्री पंगेनी र गायिका शान्तीश्री परियार दर्शकको मुख्य आकर्षणको केन्द्रमा रहनेछन् । बिदाको दिन पारेर बद्री र शान्तीश्रीले महोत्सवमा प्रस्तुति दिन लागेका हुन् ।

उनीहरुका साथमा हास्य कलाकार सुमित कुमार घिमिरे र गायिका तुलसा गाहाको समेत सोमवार प्रस्तुति रहनेछ । त्यस्तै, कलाकेन्द्रहरुको नृत्य प्रस्तुति समेत दर्शकहरुले महोत्सवमा हेर्न पाउनेछन् ।

सोमवारको सांगीतिक कार्यक्रमलाई बिन्दु थापाले उद्घोषण गर्नेछिन् । आइडल उद्घोषकका रुपमा भने सोमवार शिव भट्टराई रहनेछन् ।

पाल्पा उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सव २४ वैशाखसम्म चल्नेछ । महोत्सवमा हरेक दिन चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति दर्शकका लागि विशेष बनेको छ ।

तपाईको प्रतिक्रिया