पाल्पा । तानसेनमा जारी ‘पाल्पा महोत्सव’मा गायिका ज्योति मगरको प्रस्तुति नहुने भएको छ ।
शुक्रवार (आज) प्रस्तुति हुने हिसावले आयोजकले उनीसँग कुराकानी गरेको थियो । महोत्सवमा उनको प्रस्तुति हुने तय भएपछि आयोजकले सुरुवातमा सार्वजनिक गरेको पोष्टरमा पनि उनको तस्वीर राखेको थियो ।
यद्यपि, अन्तिम समयमा आएर ज्योतिको व्यस्तताका कारण महोत्सवमा सहभागी गराउन नसकिएको सांस्कृतिक संयोजक भीमबहादुर श्रेष्ठले जानकारी दिए ।
‘उहाँको व्यस्तताले गर्दा सहभागी गराउन नसकेका हौं’ श्रेष्ठले नयाँधारसँग भने ।
पाल्पा महोत्सवमा ज्योतिको प्रस्तुति हुने खबरलाई लिएर दर्शकले चासोका साथ हेरेका थिए । अन्ततः महोत्सवमा उनको प्रस्तुति नहुने भएको हो ।
१४ वैशाखबाट सुरु भएको महोत्सव सकिन अब २ दिनमात्रै बाँकी छ ।
पाल्पा उद्योग वाणिज्य संघले झण्डै पाँच वर्षपछि टुँडिखेलमा महोत्सव गरेको हो ।