
तानसेन । वैशाख १४ गतेबाट सुरु भएको ‘पाल्पा महोत्सव’ आइतवार समापन हुँदैछ ।
मध्यान्ह १२ बजेदेखि केही समय औपचारिक कार्यक्रम गरिनेछ र त्यसपछि चर्चित कलाकारहरुको साथमा सांगीतिक प्रस्तुति भएपश्चात महोत्सव सकिनेछ ।
सांगीतिक कार्यक्रममा चर्चित गायक पुस्कल शर्मा दर्शकको आकर्षणको केन्द्रमा रहनेछन् ।
महोत्सवको समापनको दिन गृहजिल्लामा पुस्कलले दर्शकलाई भरपुर नचाउनेछन् ।
त्यस्तै गायक पुरुषोत्तम गैरेले पनि सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई नचाउनेछन् भने हास्य कलाकार नारायण बस्यालले दर्शकलाई हँसाउनेछन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पाल्पाको प्रस्तुति समेत आइतवार दर्शकले हेर्न पाउनेछन् ।
आइतवारको सांगीतिक कार्यक्रम संचालन भने गायक सुमन गैरेले गर्नेछन् ।