 
    
    
	
	 	 
	तानसेन। कर्णेल उजिर सिंह पाल्पा गोल्डकपको उपाधि रोड्स रामपुर चितवनले जितेको छ । पाल्पा सदरमुकाम तानसेनस्थित टुडिखेल मैदानमा सम्पन्न फाइनल खेलमा होराइजन फुटबल क्लब स्याङ्जालाई २-० गोलले पराजित गर्दै चितवनले उपाधि हात पारेको हो ।
विजेता चितवनले नगद तीन लाख र पाल्पाली करुवा पुरस्कार प्राप्त गर्यो । उप विजेता बनेको स्याङ्जाले १ लाख ५० हजारमा चित्त बुझायो । फाइनल खेलको पहिलो हापको तेस्रो मिनेटमै रोड्स रामपुर चितवनका बिक्की चाम्लिङ राइले गोल गरे ।
दोश्रो हापको चौथो मिनेटमा पेनाल्टी मार्फत पुनः राइले नै गोल गरेका थिए । खेलमा स्याङ्जाको तर्फबाट धेरै पटक गोलको प्रयास गरे पनि सफल हुन सकेन् ।
फाइन प्रवेश गरेको न्यू होराइन फुटबल क्लव वालिङ स्याङ्जाले दी फेमस महिन्द्र दल गण पाल्पालाई पराजित गरेको थियो । यस्तै रोड्स रामपुर चितवनले फोर्थ ब्याइज क्लब नवलपरासीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
पाल्पामा करिब तीन दशकपछि भएको ठुलो खेलमा खेलप्रेमीको बाक्लो उपस्थिति रहेको थियो।
पाल्पा जिल्ला फुटवल संघले आयोजना गरेको गोल्डकपलाई निरन्तरत दिँदै आगामी दिनमा पनि खेलसंगै पर्यटन विकासका लागि पहल गरिने संघका अध्यक्ष प्रणय विरजंग राणले बताए।
 
					 
                                         
                                
                          
                                




















