
तानसेन। पाल्पामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–७, बाहुनटोलका ३१ वर्षका कमल सुनार रहेका छन् । प्रहरीले बिहीबार उनलाइ पक्राउ गरेको हो । सुनारले १३ वर्षकी बालिकालाई करणी गरेकाे आरोप छ ।
पीडित बालिकाको हजुरआमाले दिएको उजुरीका आधारमा सुनारलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।