रिब्दीकोट गाउँपालिकाकाे ५४ करोड बढीको बजेट सार्वजनिक, कृपया नीति निरन्तर

तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा मंगलबार  सम्पन्न गाउँ सभाको २० औं अधिवेशनको दोस्रो बैठकमा उक्त बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिकाका अध्यक्ष  नारायण बहादुर कार्कीको सभाध्यक्षतामा सम्पन्न भएको उक्त विशेष बैठकमा उपाध्यक्ष  कान्ता अधिकारीले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५४ करोड १४ लाख २९ हजार रुपैयाँको अनुमानित बजेट सभासमक्ष पेस गरेकी हुन् ।  

उक्त गरिमामय सभामा गाउँपालिकाका उपाध्यक्ष, सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश भुसाल, सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सभाका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सभामा पेस भएको उक्त बजेटले गाउँपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने विश्वास लिइएको छ।

पालिकाकाे नीति अनुसार कृषि पर्यटन, यातायात पूर्वाधार (कृपया) नीतिलाइ नै प्राथमिकतामा बजेट प्रस्तुत भएकाे पालिका अध्यक्षा नारायण बहादुर कार्कीले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको