सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायीद्धारा सरसफाई

अम्बिका परियार
सैनामैना । सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले पर्यटकीय क्षेत्र मलमला मन्दिरबाट नियमित सरसफाई अभियान सुरु गरेको छ ।सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले नेपालमा पर्यटन प्रर्वद्धनको विषयमा जनतामा गुणात्मक रुपमा वृद्धि हुँदै आएको बताए ।

पर्यटन क्षेत्रको बिकासमा सरकारले मात्र गरेर नहुने भन्दै यसका लागि निजी क्षेत्र र आम जनसमुदाय नै लाग्नु पर्नेमा जोड दिए ।सैनामैनामा पर्यटक आकर्षण गर्न नगरभित्रका विभिन्न क्षेत्रलाई प्राथमिकता दिदै बिकास गर्दै आएको प्रमुख कार्कीले बताए । बुुुुुुुुद्ध जन्मस्थाल लुम्बिनी नजिकै सैनामैना रहेकोले यस क्षेत्रमा पर्यटन ल्याउन सके आर्थिक हिसावले सैनामैना अब्बल सबित हुने हुनाले पर्यटन क्षेत्रमा लगानी गर्न युवाहरुलाई आग्रह समेत गरे ।

संघ सैनामैनाका अध्यक्ष खेमराज पौडेलले नियमित रुपमा सैनामैनाका धार्मिक तथा पर्यटकीय स्थलमा सरसफाई गर्ने बताए । मलमला एकृतिक बिकास केन्द्रका अध्यक्ष गुणाखर भटट्राईले मलमला क्षेत्रलाई लुम्बिनीसंग जोडेर बिकास गर्न सकेमा सैनामैनाको पर्यटन क्षेत्रमा टेवा पुग्ने मलमला एकृतिक बिकास केन्द्रका अध्यक्ष गुणाखर भट्टराईले बताए ।

कार्यक्रममा सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ठ सल्लाहकार ढुण्डीराज न्यौपाने, संस्थाका वरिष्ठ वरिष्ठ उपाध्यक्ष नारायण सेन, सहिद नारायण पोखेल रामापुर क्याम्पसका निर्वतमान अध्यक्ष डिल्लीराज ज्ञवाली, विश्व हिन्दु युवा संघ सैनामैनाका नगर प्रतिनिधि बिशाल पन्थ लगायतको उपस्थिती रहेको थियो । उनीहरुले सैनामैनामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा सबैको पहल गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया